Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026
kalpanaशासन फेरिए गरीबको छाना फेरिन्थ्यो कि
पेटभरी खाना तिनलाई माना फेरिन्थ्यो कि
चाड पर्व हिउद बर्षा सधैं एक नाश तिन्लाई
लाज छोप्न शरीर धाक्ने नाना फेरिन्थ्यो कि
उस्तै रहे जिन्दगीका कथा ब्यथा काहानी
नयाँ समाचार छापिने पाना फेरिन्थ्यो कि
गरीवीको पिडाले बगेका छन अस्रुधारा
सरकार बद्ले आसुका दाना फेरिन्थ्यो कि
नौलो क्रान्ती आउँछ, बिकास हुन्छ भन्ने ति
धोके वाज नेताको त्यो बाहाना फेरिन्थ्यो कि
-गैडाकोट-४, नवलपरासी
हाल: इजरायल

तपाईको प्रतिक्रिया