Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

जिन्दगीमा कुनै त्यस्तो ठूलो रहर छैन अब
सुन्दर सपना बोकी हिड्न शहर छैन अब ।।

पिउँदा पिउँदा जिन्दगी यो रित्तिसकेछ सब
मृत्युशैयामा पुराउने कुनै जहर छैन अब।।

सुकिसकेका जिन्दगीका बिचरा चहानहरू
सुक्दैछन हराभरा बनाउने नहर छैन अब।।

अस्ताइ सकेको घाम म अन्धकारमा रूम्ली
पारिलो घाम उदाउन बिहानी प्रहर छैन अब।।

मरूभूमि जीवनमा रहर काहाँ फुल्छ र ..?
हरियाली बनाउन वसन्त वहार छैन अब ।।

-दामन मकावनपुर (हालः मलेशिया)

तपाईको प्रतिक्रिया