Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

sanam-gole

चर्किएको ऐना सरी भयो जिन्दगी ।
एउटा सोच्यो अर्कै हुने छ यो जिन्दगी ।।

दुखहरू संगालेर सुख खोज्दै हिड्दा
समयको वह संगसंगै गयो जिन्दगी।

खहरेको भेल जस्तै वगिदिन्छ कता खै?
बालुवाको अवशेष मात्र रह्यो जिन्दगी।

आज याँह भोलि कता कस्लाई के थाहा
कत्ति पनि बुझ्न सक्दिन म यो जिन्दगी।

-दामन मकावनपुर
हाल मलेशिया

तपाईको प्रतिक्रिया