Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौं – कोभिड-१९ को सङ्क्रमण बढेसँगै सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्न ट्विटरले यस्तो उपाय अपनाएको हो ।

सामाजिक सञ्जालमध्येको एक प्रमुख ट्विटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीहरुलाई अनिवार्यरुपमा घरबाटै काम गर्न निर्देश गरेको हो । कम्पनीले विश्वभरि रहेका आफ्ना पाँच हजार कर्मचारीलाई काममा नआउन ‘कडा रुपमा प्रोत्साहित’ गरेको छ ।  ट्विटरले आफ्ना सबै कर्मचारीहरुलाई अनावश्यक र गैरव्यावसायिक यात्रा गर्न तथा कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएपछि यस्तो बताएको हो ।

कम्पनीले टेक्सासको अस्टिनमा भएको दक्षिण–पश्चिम मिडिया सम्मेलनमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन विशेष रणनीति अपनाउने बताएको थियो ।  ट्विटरका मानव संशाधन प्रमुख जेनफर क्रिस्टीले भने, ‘हाम्रो लक्ष्य भनेको कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण फैलन कम गर्नु हो ।’

ब्लग पोस्टमा ट्विटरले केही समयका लागि घरबाटै काम गर्न मिल्ने अवस्था सिर्जना गर्न लागेको बताएको छ । ‘यो हाम्रो लागि निकै ठूलो परिवर्तन हो, हामी कोरोनाको सङ्क्रमण कम गर्न कर्मचारीलाई यत्रतत्र छरिन भनेका छौँ । हामी विश्वव्यापी सेवा प्रदायक कम्पनी हौँ र यो ट्विटरमा काम गर्ने सबैमा लागू हुन्छ ।’

तपाईको प्रतिक्रिया