Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरिएन्ट जेएन.वानबारे चेतावनी दिएको छ। डब्ल्यूएचओले भारतलगायत देशमा तीव्र रूपमा फैलिरहेको कोरोना भाइरसको यो नयाँ भेरिएन्ट जेएन–१ लाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’को दर्जा पनि दिएको छ। डब्ल्यूएचओका अनुसार संक्रमण द्रुत गतिमा फैलिने तथा निकै सचेत हुनुपर्ने भेरिएन्टलाई उक्त दर्जा दिइन्छ।

हाल कोरोनाको जेएन–१ भेरिएन्ट भारत, चीन, अमेरिका र सिंगापुरमा देखापरेको छ। सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओले चेतावनी दिँदै लेखेको छ, ‘यो भेरिएन्ट विशेषगरी जाडो महिना लागेका देशमा फैलिने अनुमान छ।’

तपाईको प्रतिक्रिया