Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौं – फेसबुकमार्फत कोरोना भाइरसका गलत सूचना फैलाउने प्रयोगकर्तालाई फेसबुकले चेतावनी सन्देश पठाउने भएको छ ।

भ्रामक समाचार पोष्ट गर्ने तथा पढ्ने प्रयोगकर्तालाई अब फेसबुकले नै अलर्ट पठाउने भएको हो ।

सामाजिक सञ्जालका माध्यमबाट कोरोना भाइरसबारका गलत सूचना अनियन्त्रितरुपमा सार्वजनिक भएको गुनासो बढिरहँदा फेसबुकले यस्तो घोषणा गरेको हो ।फेसबुकमा कोरोनाभाइरसका झुटा सामग्रीहरु लाइक, कमेन्ट तथा शेयर गर्ने प्रयोगकर्ताहरुको न्युज फिडमा नै चेतावनीपूर्ण सन्देश आउने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरु भ्रमबाट जोगिउन भनेर फेसबुकले भ्रामक सूचनालाई फेसबुकमा लाइक, कमेन्ट तथा सेयर गरेमा सिधै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को वेबपेजमा पुग्ने व्यवस्था मिलाइएको छ ।

फेसबुकको भ्रामक समाचार समस्याबारे भ्वाइस नामको समूहले अभियान चलाएपछि फेबसुकले गत बिहिबार यस्तो घोषणा गरेको हो ।

उक्त समूहले १०४ वटा कोरोना सम्बन्धी फेसबुक पोस्ट तथा भिडियोहरुमाथि अनुसन्धान गरेकोमा सबै सबै भ्रामक पाइएको थियो । ती भ्रामक सामग्रीहरु १७ लाखपटक शेयर तथा ११ करोड ७० लाख पटक हेरिएको दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया