Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतृत्वमा फेरबदल गरेको छ। कृष्णप्रसाद सिटौलालाई उक्त जिम्मेवारीबाट हटाउँदै उनको स्थानमा कमला पन्तलाई नियुक्त गरिएको छ।

प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार पन्तलाई राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी दिएका हुन्। यो निर्णय कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२(२) अनुसार गरिएको जनाइएको छ।

सिटौलाले विशेष महाधिवेशनको विरोध गर्दै आएका थिए भने पन्त त्यसको पक्षमा थिइन्। यही विषयलाई लिएर नेतृत्व परिवर्तन भएको बुझिएको छ।

तपाईको प्रतिक्रिया