Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं – लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको भनि नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
हिजो जुलाई १० देखि २० सम्म टर्कीको इस्तानबुलमा सुरु भएको वर्ल्ड हेरिटेज कमिटीको ४० औँ सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ। पुरातात्विक महत्वलाई जोगाउन सकिएन भने त्यस्स्तो क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्दै आइरहेको छ।
हाल नेपालमा काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा छन्। त्यस्तै स्वयम्भुको बौद्ध स्तुप, बौद्धनाथ, पशुपतिनाथको मन्दिर र चाँगुनारायाण मन्दिर सांस्कृतिक सम्पदाका रुपमा युनेस्कोले मान्यता दिएका क्षेत्र हुन् भने युनेस्कोको सांस्कृतिक सम्पदा सूचीमा नेपालबाट बुद्ध जन्मस्थल लुम्बिनी पनि पर्दछ।
प्राकृतिक विश्व सम्प्दा सूचीमा ने नेपालबाट चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। वर्ल्ड हेरिटेज कमिटीको चालू बैठकमा आवश्इक मूल्यांकन गरेर काठमाण्डौं उपत्यकालाई खतराको सूचीमा राख्ने कि नराख्ने भन्ने निर्णय हुने बताइएको छ।
२०७२ बैशाख १२ मा नेपालमा गएकव विनाशकारी भूकम्पपछि नेपालका सम्पदा क्षेत्रमा क्षति भएपछि युनेस्कोले आवश्यक संरक्षणको व्यवस्था गर्न र थिल्थिलो भएका क्षेत्रमा कसैलाई पनि जान नदिन सुझाएको थियो।

तपाईको प्रतिक्रिया