Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लोकप्रिय टिभी शो ‘कमेडी दरबार’मा अब दर्शकले प्रदीप भट्टराईलाई महाराजाको भूमिकामा देख्न पाउने भएका छन्। हालसम्म महाराजाको भूमिका निभाउँदै आएका मनोज गजुरेल युरोप टुरमा निस्किएकाले भट्टराईलाई अस्थायी रूपमा शोमा ल्याइएको हो।

भट्टराईलाई दोस्रो सिजनको १० औं एपिसोडबाट देख्न सकिनेछ। उनले यो चर्चित शोमा आफूलाई महाराजा पात्रको रूपमा आमन्त्रण गरेकोमा टिमलाई धन्यवाद दिएका छन्। शोकी निर्देशक श्रद्धा प्रसाईंका अनुसार, गजुरेल विदेश भ्रमणमा रहेका बेला शो निरन्तरता दिनका लागि भट्टराईलाई निम्त्याइएको हो। उनले समय दिएर सहयोग गरेकोमा टिमले आभार व्यक्त गरेको छ।

प्रदीप भट्टराई नेपाली चलचित्र निर्देशक हुन्। साथै, उनी कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा जजको भूमिकामा पनि परिचित छन्।

 

 

 

तपाईको प्रतिक्रिया