Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो – क्योटोमा पुरानो मन्दिरको छेउमा काठको एउटा सानो मोचीको पसल “इचिवा” रहेको छ । जसले हजार वर्ष भन्दा पहिले मन्दिरमा आउने यात्रुहरुलाई स्फूर्ति प्रदान गर्न मोची बिक्री सुरु गरेको थियो । अहिले, सहस्राब्दी भन्दा बढी पछि पनि यो पसलले मन्दिरमा प्रार्थना गर्न आउनेहरुलाई सेवा निरन्तर दिईरहेको छ । यो पसल एक हजार बिस वर्ष पुरानो हो ।

मोची चामलबाट बन्ने जापानको परम्परागत खानेकुरा हो । जापानी परम्परागत परिकार भएकाले मोचीको जापानी समुदायमा प्राचिनकालदेखि आजसम्म पनि उत्तिकै महत्वपूर्ण स्थान छ ।

इचिवाबाट केही चरणको दूरीमा इमामिया श्राइनको पूर्वी ढोका
हातले मोची बनाएर सोयाबीन पाउडरमा राखिंदैं
मोची ग्रिल गरेर बेच्दै
दिनको अन्त्यमा पसल सफा गरिदैं
हातले मोची बनाइदैं
इचिवाको भित्री भाग
मोची ग्रिल गरिदैं
इचिवाको अपरेटर नाओमी हासेगावाको हजुरआमा पसलमा काम गर्दै गर्दाको फोटो
नाओमी हासेगावा, इचिवाको अपरेटर
इचिवामा ग्राहकहरु

 

(Photo : Hiroko Masuike)

तपाईको प्रतिक्रिया