Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

वार्सा – जर्मनीले इटालीलाई अहिलेसम्म भएका प्रतियोगितात्मक खेलमा पराजित गर्न नसकेको इतिहासलाई कायम राख्दै मारियो बालोटेल्लीले मध्यान्तर अगाडि गरेको दुई गोलको मद्धतले इटाली युरो २०१२ को फाइनलमा प्रवेश गरेको छ। १५ खेलमा लगातार जीत दर्ता गर्दै विश्व रेकर्ड कायम गरेको जर्मन टोलीको विजय यात्रा सेमिफाइनलमा पुगेर रोकिएको छ। आइतबार मध्यरात हुने फाइनलमा इटालीले साबिक विजेता स्पेनको सामना गर्दैछ। स्ट्राइकर बालोटेल्लीले पहिलो गोल २० औँ मिनेटमा हेडबाट गरे। चार पटकको युरो च्याम्पियनसिपको सेमिफाइनलमा यो इटालीको पहिलो गोल थियो। मध्यान्तर हुनु नौ मिनेट अघि उनैले अर्को गोल गरी अन्तर फराकिलो पारे। दोस्रो गोलसँगै सर्ट खोलेवापत् बालोटेल्लीले पहेँलो कार्डसमेत पाए। तस्विरहरुः एएफपी

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया