Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडाैं – आयरल्यान्डको वायुसेवा नियोगले त्यहाँको दक्षिणपूर्वी भागमा देखिएको भनिएको चम्किलो प्रकाश र युएफओकाबारे अध्ययन सुरु गरेको छ । ब्रिटिस एयरवेजका पाइलटले नोभेम्वर ९ मा साहनन एयर ट्राफिक कन्ट्रोललार्इ आकाशमा केही वस्तु देखेकोबारे खबर गरेपछि यो घटना बाहिर आएको हो ।

पाइलटले एयर ट्राफिकसँग त्यहाँ केही वस्तु ‘एकदमै छिटो चलिरहेको’ देखेकाले त्यहाँ सैन्य अभ्यास भइरहेकोबारे बुझ्न सम्पर्क गरेको बताइएको बीबीसीले जनाएको छ । क्यानाडियन शहर मोनट्रियलबाट हिटथ्रो जाँदै गरेको सो विमानकी पाइलटले आफूले ‘चम्किलो प्रकाश देखेको र विमानको नजिकैबाट एउटा वस्तु देखेको’ बताइन् ।

आफ्नो विमानसँग त्यो वस्तु ठोक्किने सम्भावना आफूले नदेखेको भन्दै उनले भनिन् ‘त्यो वस्तु के होला भनेर सोचिरहँदा सम्म त्यो एक्कासी उत्तर दिशातर्फ बिलायो ।’ भर्जिन प्लेनका एक पाइलटले भने त्यो कुनै उल्का तारा वा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको कुनै वस्तु हुन सक्ने बताएको छ ।  उनले केही वस्तुहरुले लगातार एउटै दिशामा उडिरहेको र तिनीहरु निकै चम्किलो देखिएको बताए ।

उनले आफूले दुर्इ चम्किलो प्रकाश युक्त प्रकाश देखेको बताए । एक जना पाइलटले भने ती वस्तुहरुको गति ‘ मार्च २ मा जस्तै एस्ट्रोनोमिकल'(ध्वनीको भन्दा दुर्इ गुणा छिटो ) रहेको बताए । यी सबै रिपोर्टहरुका आधारमा आइरिस वायु सेवा नियमले अनुसन्धान सुरु गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया