Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – टेस्लाका सीईओ एलन मस्कले आफ्ना कम्पनी परिसरमा एप्पलका उत्पादनहरूमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। एप्पल र ओपन एआईबीचको साझेदारीप्रति असन्तुष्टि जनाउँदै मस्कले यस्तो चेतावनी दिएका हुन्। उनले एप्पल र ओपन एआईबीचको साझेदारीले सुरक्षा नियमहरूको उल्लङ्घन गरेको भन्दै यसलाई सहन नसकिने बताएका छन्।

सोमबार, एप्पलका सीईओ टिम कुकले ओपन एआईसँगको साझेदारीको घोषणा गरेका थिए। कुकले एक्समा लेखेका छन्, “एप्पल इन्टेलिजेन्स सुरु हुँदैछ। यो एआईको संसारमा एक ठूलो कोसेढुङ्गा हो। पूर्णतया व्यक्तिगत यो एआईले तपाईंले हरेक दिन प्रयोग गर्ने एपहरूको प्रयोगलाई अझ सहज बनाउनेछ।”

एप्पल इन्टेलिजेन्स आईओएस १८ र आईप्याड ओएस १८ मा उपलब्ध हुनेछ।

तपाईको प्रतिक्रिया