Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
जानकारीको कमीले काममा समस्या आउन सक्छ र आलोचना सहनुपर्ने अवस्था बन्न सक्छ। आर्थिक अवस्था कमजोर रहनुका साथै खर्च बढ्नेछ। व्यापारमा मन्दी आउन सक्छ। पढाइमा ध्यान नजाँदा पछि परिनेछ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा अपेक्षित सम्मान नपाइने योग छ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खोज तथा अनुसन्धानका लागि टाढाको यात्रा हुने सम्भावना छ। धार्मिक स्थल भ्रमण र शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आफन्त र दाजुभाइको सहयोग पाइनेछ। प्रेमका लागि समय राम्रो रहनेछ। वित्तीय क्षेत्र, निर्माण सामग्री तथा हार्डवेयर व्यवसायबाट लाभ मिल्न सक्छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपान र स्वास्थ्यमा ध्यान दिनुहोस्, उपचार खर्च बढ्न सक्छ। व्यापारमा मेहनत गरे मात्र आम्दानी हुनेछ। सामाजिक जिम्मेवारीमा समय दिन कठिन हुनेछ। पढाइमा रुचि कम हुँदा असर पर्न सक्छ। प्रेममा निराशा आउन सक्छ। शेयर बजारबाट भने लाभ लिन सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार तथा शेयर लगानीबाट राम्रो आम्दानी हुने समय छ। कामको सिलसिलामा यात्रा हुन सक्छ। मेहनत र इमानदार प्रयासले जीवनशैलीमा सुधार आउनेछ। पढाइमा सफलता मिल्नेछ। सवारी र सम्पत्तिको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ। प्रेम सम्बन्ध अझ नजिकिनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले धेरै दौडधुप नगर्नु राम्रो हुनेछ। काममा ढिलाइ र विवादको अवस्था आउन सक्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। नयाँ अवसर केही समयका लागि टर्न सक्छ। पढाइ अधुरो रहन सक्छ भने कानुनी विषयमा सावधानी अपनाउनुहोस्।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारबाट राम्रो लाभ मिल्नेछ र थप लगानीको अवसर बन्नेछ। शेयर बजार तथा अनलाइन व्यापारबाट आम्दानी हुन सक्छ। मनपर्ने वस्तु वा स्थायी सम्पत्ति प्राप्तिको योग छ। सन्तान तथा सहयोगीको साथले काम सफल बन्नेछ। प्रेम सम्बन्ध पुनः सुधार हुन सक्छ। अध्ययनमा प्रगति हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आमा तथा आफन्तसँग साना विषयमा मतभेद हुन सक्छ। साथीभाइसँग पनि मनमुटावको सम्भावना छ। समयमै काम नबन्दा आर्थिक पक्ष कमजोर हुन सक्छ। घरजग्गा र सवारी प्रयोगमा सावधानी अपनाउनुहोस्। प्रेममा शंका बढ्न सक्छ। कृषि तथा पशुपालनबाट लाभ लिन सकिनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पारिवारिक असमझदारीले काममा बाधा आउन सक्छ। दाजुभाइसँग विवाद हुन सक्छ। यात्रामा कठिनाइ आउन सक्नेछ। व्यापारमा नयाँ लगानीका लागि समय अनुकूल छैन। अरूको कुराले प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
तपाईंको बोली र व्यवहारले कार्यक्षेत्रमा प्रभाव पार्नेछ। परिवार र सामाजिक सम्बन्ध राम्रो बन्नेछ। आफन्तको सहयोगले काम अघि बढ्नेछ। व्यापारबाट आर्थिक सुधार हुनेछ। प्रेम र अध्ययनका लागि समय राम्रो छ। उपलब्धि र प्रशंसा पाउने सम्भावना छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ र सिर्जनात्मक कामबाट आर्थिक अवस्था बलियो बन्नेछ। व्यापार तथा शेयर बजारबाट लाभ मिल्नेछ। पुराना काम पूरा भएर उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा सक्रिय हुने अवसर मिल्नेछ। अध्ययनमा सफलता र प्रेम सम्बन्धमा राम्रो समय रहनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय सामान्य रहनेछ। स्वास्थ्यमा समस्या आएर खर्च बढ्न सक्छ। पढाइमा ध्यान दिन नसक्दा असर पर्न सक्छ। प्रेममा अविश्वास र परिवारका ठूला व्यक्तिसँग मतभेद हुन सक्छ। विदेशी सामानको व्यापारबाट भने राम्रो आम्दानी हुन सक्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यवसाय विस्तार हुने र कारोबार बढ्ने योग छ। प्रभावशाली व्यक्तिसँग भेटले नयाँ अवसर मिल्न सक्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। नेतृत्व गर्ने जिम्मेवारी आउन सक्छ। जनताको कामबाट प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सफल हुँदै विवाहसम्म पुग्ने सम्भावना छ।

तपाईको प्रतिक्रिया