Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि शैक्षिक सत्र प्रारम्भ गर्ने व्यवस्था लागू गरिएको हो।

यसअघि वैशाख २ गतेदेखि सत्र सुरु हुने अभ्यास रहे पनि निजी विद्यालयले परीक्षा सकिनुअघि नै भर्ना लिने प्रवृत्ति रोक्न र इन्धन आपूर्तिको समस्या ध्यानमा राख्दै मिति सारिएको हो। यद्यपि केही स्थानीय तहको समन्वयमा वैशाख १५ अगावै भर्ना प्रक्रिया सुरु भइसकेको छ।

सरकारले निजी विद्यालयले लिने अवैध शुल्कबारे पनि कडाइ गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २२ गते निर्देशन जारी गर्दै कानुनविपरीत उठाइएको भर्ना तथा अन्य शुल्क फिर्ता गराउन स्थानीय तहलाई आग्रह गरेको थियो। शिक्षा नियमावलीअनुसार परीक्षाफल सार्वजनिक नहुँदै भर्ना लिनु उचित नभएको भन्दै सरकारले नियमनलाई कडाइ गर्ने संकेत दिएको छ।

 

 

तपाईको प्रतिक्रिया