Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाण्डाै – अबदेखि अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले हिजो मङ्गलवार एक विज्ञप्ति निकालेर आज बुधवारदेखि अनलाइनबाट काठमाण्डौ, भक्तपुर र ललितपुरबाट फाराम भर्न सकिने जनाएको हो ।  फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग नेपालको वेबसाइट www.election.gov.np मा गइ व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (अहिलेका लागि काठमाण्डौ उपत्यकाका तीन वटा जिल्ला) मा अनलाइनबाटै पेस गर्न सकिने आयोगले जनाएको छ ।

फाराम पेस गरिसकेपछि अनलाइनमा उल्लेख गरिएको सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया