Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ आगामी असोज २४ मा प्रदर्शनमा आउने भएको छ। निर्देशक बसन्त निरौलाको निर्देशनमा बनेको यो फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टरमा जितु र नीति बेहुलाबेहुलीको भेषमा देखिन्छन्, भने अर्को पोस्टरमा डोलीमा बसेका जितुलाई बुद्दी तामाङ र हिमेश पन्तले बोकीरहेका छन्।

सामाजिक र पारिवारिक कथामा आधारित यो कमेडी फिल्मको कथा सविन अधिकारीले लेखेका हुन्, जबकि पटकथा र संवाद शंकर धितालले तयार पारेका छन्।

फिल्मको प्रदर्शन मिति घोषणा सँगै ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ बीच असोज २४ मा भिडन्त हुने निश्चित भएको छ। ‘छक्का पञ्जा ५’को निर्देशन दीपाश्री निरौलाले गरेकी छिन्, जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा देखिनेछन्।

तपाईको प्रतिक्रिया