Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  नेपाली कलाकारहरूले विदेशमा कन्सर्टको क्रम बढाउँदै गए्का छन्। यसै क्रममा गायक र संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार, र एक्सिस व्याण्डले अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्ने भएका छन्। पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्कको व्यवस्थापन र अष्ट्रेलियाको स्थानीय आयोजक हुल्या इभेन्ट्स एण्ड स्ट्रेट आउटा हिमालयजको आयोजनामा काली, साकार, र एक्सिसले कन्सर्ट गर्ने भएका हुन्।

स्थानीय आयोजकका अनुसार एक्सिसले ‘रोड टु २४–अष्ट्रेलिया टुर’ नामक कन्सर्ट जुलाई ३ देखि आठ सहरमा कन्सर्ट गर्नेछ। व्याण्डले सात वर्षपछि अष्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो। गत फेब्रुअरी १४ मा व्याण्डले चितवनको सौराहामा आठ हजार दर्शकमाझ कन्सर्ट गरेको थियो।

गायक र संगीतकार कालीप्रसाद बासकोटा नेपाली संगीत क्षेत्रमा १५ औं वर्ष बिताउँदै अष्ट्रेलिया टुरमा यात्रा गर्दैछन्। उनले सेप्टेम्बर १५ देखि ‘१५ इयर्स अफ कालीप्रसाद बासकोटा’ नाममा अष्ट्रेलिया टुर गर्नेछ। कार्यक्रम व्यवस्थापनमा १७ वर्षदेखि सक्रिय पीभीई नेटवर्कका विकेश कायस्थ, स्टिभ देवान, र सुमन महर्जन श्रेष्ठ छन्। उनीहरुले नेपथ्यदेखि बालेन (हाल काठमाडौं महानगरपालिका मेयर), झिल्के एण्ड द कम्पनीसम्मका संगीतका तीन पुस्ताको कार्यक्रमको व्यवस्थापन गरेको अनुभव संगालिसकेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया