Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेता अजय देवगनको फिल्म ‘सिंघम अगेन’ले १० दिनमै ३०० करोड क्लबमा प्रवेश गरेको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले विश्वभरबाट ३१२ करोड भारूको कमाइ गर्न सफल भएको छ। यो कमाइ मध्ये २०६ करोड ५० लाख भारू भारतबाट मात्र संकलन भएको हो।

फिल्मको निर्माण लागत ३७५ करोड भारू रहेको छ। रोहित शेट्टीद्वारा निर्देशित यस फिल्ममा अजय देवगनसँगै रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूरलगायतका कलाकारको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया