Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

अर्घाखाँची – अर्घाखाँचीका विभिन्न कार्यालयहरुले गरेका काममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलमा ६१ वटा उजुरी परेका छन ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सँग सम्बन्धित  सबैभन्दा धेरै २० वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको सम्पर्क कार्यालय बुटबलका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

आयोगले सन्धिखर्कमा गरेको भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक कार्यक्रममा आयोगको सम्पर्क कार्यालय बुटबलका प्रमुख जोशीले स्थानीयका २०, शिक्षाका १७, बनका ६, उद्योगका २, उर्जाका २, कृषिका ३, भुमि सुधारको १, शहरी बिकासका २, सिंचाईका ४, स्वास्थ्यका २ र गृहका २ उजुरी परेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया