Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

सरकार मात्र होइन ठूला साना सबै दल वैशाखमा चुनाव गर्ने भन्दैछन्, तर एक महिनापछि निर्वाचन आयोगमा कोहि आयुक्त हुनेछैनन्। करीव ६ बर्षदेखि भ्रष्टाचारको छानविन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्ति हुन सकेको छैन न त महालेखा परीक्षकको नियुक्ति हुन सकेको छ । अर्को संवैधानिक निकाय लोकसेवा आयोगको अध्यक्ष पद पनि खाली नै छ । हुँदाहुँदा अब त अदालतहरु पनि न्यायाधीश बिहीन हुन थालेको अवस्था छ । यस्ता संवैधानिक निकायमा हुने रिक्तताले के असर पार्छ ? किन नियुक्त हुन सक्दैनन् आयुक्तहरु ? संवैधानिक निकायमा भएका रिक्तताबारे छलफल गर्न आज हामीसँग सरकारका प्रवक्ता, सञ्चारमन्त्री तथा मधेशी जनअधिकार फोरमका गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, पूर्व महालेखा परीक्षक र ट्रान्सपेरन्सी इन्टरनेशनलका नेपालका हालका अध्यक्ष विष्णुबहादुर केसी र न्यायपरिषदका सदस्य अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने हुनुहुन्छ।


तपाईको प्रतिक्रिया