Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
टोकियो-पछिल्लो समय नेपाली सांगीतिक बजारमा वैदेशिक भूमिमा रहेर पनी गीत लेखन तथा संगीत सृजना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल कोरियामा रहेका गितकार राजु न्यौपाने (प्रान्जल) ले विदेशमा भएको अवस्थामा घरपरिवारमा देखिएको समस्यालाई लोक गीति एल्बम  “घर चलाउनै गाह्रो” मा समाबेश गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
कुलेन्द्र विश्वकर्मा र पूर्णकला  बिसिको आवाज रहेको गीतलाई आश्रम म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ । राजु न्यौपाने “प्रान्जल”को शब्द, मनोज विश्वकर्माको लय रहेको भिडियोलाई झलक सङ्गितमले निर्देशन गरेका छन् । मोडल कृष्ण न्यौपाने र रुबिना अधिकारिको अभिनय रहेको गीतलाई करण चैसिरले छायाङ्कन गरेका छन् भने विष्णु शर्माले भिडियोको सम्पादन गरेका हुन् ।
घरको मुख्य व्यक्ति  परदेशिँदा उसको परिवारमा परेको वेदनालाई भिडियोमा देखाउन खोजिएको छ । ***

तपाईको प्रतिक्रिया