Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
मकर स्नान मेलामा भक्तजन

मकर स्नान मेलामा भक्तजन

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित त्रिवेणीघाट क्षेत्रमा माघ १ गतेदेखि सञ्चालन भइरहेको बाह्र बर्षे मकर मेला स्नानका लागि सहभागी भएका भक्तजन ।
सगरमाथा आरोहणको तयारीमा फरक क्षमताका सागर

सगरमाथा आरोहणको तयारीमा फरक क्षमताका सागर

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभियानमा जुटेका होचा एवम् फरक क्षमताका सागर सुनारको सहयोगगार्थ मादी गाउँपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा सहयोगको अपिल गर्दै सुनार ।
हिउँमा रमाउँदै…

हिउँमा रमाउँदै…

काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण ।
बिक्रीमा राखिएको ठेकी

बिक्रीमा राखिएको ठेकी

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-५ स्थित बुङकुलुङ डेरी तथा कोसेली घरमा बिक्रीमा राखिएको दारको काठबाट निर्मित मोही पार्ने ठेकी ।
भाँडा निर्माण गर्दै कुमाले

भाँडा निर्माण गर्दै कुमाले

शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीमा कुमाले माटोका भाँडा बनाउँदै । माटोका भाँडा बनाएर बिक्री गरी कुमालेका तीन परिवारको खर्च धानिँदै आएको छ ।
खोप लगाउन लैजाँदै

खोप लगाउन लैजाँदै

गुल्मीको गुल्मीदरबार गाउँपालिका-३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापाले सोही ठाउँकै ७९ वर्षिया बृद्धा देवकली टन्डनलाई कोभिड-१९ विरुद्धको खोप लगाउन बोकेर स्वा...
परम्परागत पहिरनमा थारु युवती

परम्परागत पहिरनमा थारु युवती

शुक्लाफाँटा नगरपालिका-८, नौखरीका परम्परागत पहिरनमा थारु युवती । परम्परागत पहिरनमा युवतीको आकर्षण रहेको छ ।
घुम्न जाऔँ म्याग्दीको रत्नेचौर

घुम्न जाऔँ म्याग्दीको रत्नेचौर

म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको बस्ती, खेतको फाँटमा फुलेको तोरी र गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल ।
ऐतिहासिक सुन्धार…

ऐतिहासिक सुन्धार…

काठमाडौँ महानगरपालिका-२२ मा पर्ने ऐतिहासिक सुन्धाराको बेहाल सचित्र । कुनै समय यही धाराको पानीले प्यास मेटाउने गरेका स्थानीय अहिले सुन्धारको अस्तित्व नै गुम्न खोजेको देख्दा दुखि हुन...
ग्राहकको खोजी

ग्राहकको खोजी

म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा विक्रि गर्नका लागि डोको, डालाको भारी बोकेर हिँडेका एक व्यापारी ।
भान्सा गाउँ

भान्सा गाउँ

बागलुङ नगरपालिका-६ पञ्चकोटबाट तोरी र गहुँ बालीसँगै सुन्दर देखिएको भान्सा गाउँ ।
पर्यटक लोभ्याउने गाजादह

पर्यटक लोभ्याउने गाजादह

बागलुङको जैमिनी नगरपालिका-३ स्थित पर्यटकीय गाउँमा रहेको गाजा दह । पर्यटक लोभ्याउन यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा ल्याइएको छ ।
फड्के पुलबाट कालीगण्डकी तर्दै नागरिक

फड्के पुलबाट कालीगण्डकी तर्दै नागरिक

स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा कालीगण्डकी नदीमाथि बनाइएको बाँसको फड्के । यही फड्केबाट हिउँदको समयमा दैनिक सयौंको सङ्ख्यामा नागरिक कालीगण्डकी तर्ने गर्छन् ।
दाउरा बोकेर…

दाउरा बोकेर…

सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ बोहोराटारबासी दाउरा बोकेर सभा खोला तर्दै ।
रारा गाउँ

रारा गाउँ

जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा गाउँमा माटोले छाएको घरका छाना ।