बिहिबार भदौ २४, २०७८
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै कोसेली घरमा बिक्रीका लागि राखिएको काठबाट तयार गरिएका तोङ्बा ।
बिहिबार भदौ २४, २०७८
पोखरा महानगरपालिका-२२ पुम्दिभुम्दीस्थित विश्व शान्ति स्तूप जाने बाटोमा रहेको खोलाको दृश्य ।
सोमवार भदौ २१, २०७८
सप्तरी र सुनसरीको बिच सिमानामा पर्ने कोशी व्यारेजबाट देखिएको अस्ताउँदै गरेको रमाइलो सूर्यको दृश्य ।
सोमवार भदौ २१, २०७८
शुक्लाफाँटा नगरपालिका-१० झलारीका राना थारु समुदायका महिला जाल बोकेर घरतर्फ जाँदै ।
शुक्रबार भदौ १८, २०७८
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको सूर्यविनायकमा वडा अधिवेशन उद्घाटन गर्दै ।
शुक्रबार भदौ १८, २०७८
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बजारमा गुडिरहेको बसमा एक्कासी आगलागी भएपछि स्थानीयवासीको सहयोगमा तत्कालै आगलागी नियन्त्रणमा लिइएको थियो ।
बिहिबार भदौ १७, २०७८
बेनीस्थित म्याग्दी सामुदायिक पुस्तकालयमा राखिएका विभिन्न विधाका पुस्तक । जिल्लाकै एकमात्रै सामुदायिक पुस्तकालयमा पाठकको आकर्षण नहुँदा पुस्तकहरु पाठकको पर्खाइमा छन् ।
मङ्लबार भदौ १५, २०७८
जुम्लाको चन्दननाथ नगरपालिका-६ स्थित खेतमा किसानले लगाएको कालीमार्सी धान । कालीमार्सी कात्तिकको पहिलो हप्तामा नै भित्र्याउन तयार हुने गर्छ ।
सोमवार भदौ १४, २०७८
पोखरा महानगरपालिका-१३ मा अवस्थित भद्रकाली मन्दिर । कोरोनाका कारण स्वास्थ्यको मापदण्ड अपनाएर मन्दिरमा पूजा आराधना गरिने गरेको छ ।
शनिबार भदौ १२, २०७८
डोटीको जोरायल गाउँपालिका-३ मा रहेको पर्यटकीय क्षेत्र बाटुली ताल । उचित प्रचारप्रसारको अभाबमा उक्त क्षेत्र ओझेलमा पर्दै गएको छ ।
शुक्रबार भदौ ११, २०७८
कैलालीको धार्मिक तथा पर्यटकीय घोडाघोडी मन्दिर नजिक बच्चालाई दूध चुसाउँदै हिँड्दै गरेको बाँदर ।
बिहिबार भदौ १०, २०७८
भोजपुर नगरपालिका-५ बोखिमकी कृषक सङ्गीता प्रधानले बिक्री लागि टिपेर राखेको अकबरे खुर्सानी ।
बुधबार भदौ ९, २०७८
निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेत्री रामकुमारी झाँक्री । तस्बिरः रासस
मङ्लबार भदौ ८, २०७८
भक्तपुरमा गाइजात्रा मनाइँदै । नेवार समुदायले आफ्ना दीवङ्गत पितृका स्मरणमा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा निकाल्ने चलन छ ।
मङ्लबार भदौ ८, २०७८
गुल्मीको इस्मा गाउँपालिका-५ रजस्थलमा काठको ठेकी । दही र महि बनाउन प्रयोग गरिने हुँदा यसको माग छ ।
सोमवार भदौ ७, २०७८
कालीकोट र दैलेखको सिमाना रहेको महावैधाममा पूजा गर्न आएका भक्तजन ।
शनिबार भदौ ५, २०७८
म्याग्दीको बेनी नगरपालिका-२ स्थित फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका-५ चनौटे जोड्ने ढोडेनी खोलामा निर्माण भएको झोलुङ्गे पुल ।
शनिबार भदौ ५, २०७८
गुल्मीको धुर्कोट गाउँपालिका-५ स्थित वस्तुमा डोको बुन्दै नागरिक । पानी बोक्न, घाँस दाउरा ल्याउनलगायत काममा डोका प्रयोग हुने गर्दछ ।
शनिबार भदौ ५, २०७८
म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेको कुइनेखानी गाउँ । यस गाउँमा छन्त्याल जातीको बसोबास रहेको छ ।
शुक्रबार भदौ ४, २०७८
महाकाली नदीमाथि निर्माणाधीन पुलका लागि तुइनको प्रयोग गरी सामान तारिँदै ।