Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
 dipa११-१२ वर्षदेखि दीपकराज गिरी सँगै भएपछि दीपा श्री निरौलालाई सबैले भन्न थालेछन् तपाईको श्रीमान दीपकजी नै हुन त भनेर हैरान बनाउन थालेछन् उनका फ्यानहरु ।
 फ्यानहरू त दीपकजी तपाईंकै श्रीमान् हुन् भनेर झुक्किएका छन् नि?
प्रशंसकहरू झुक्किनु स्वाभाविक छ। ११-१२ वर्षदेखि सँगै भएपछि नझुक्किए पो टेन्सन त।
 
चुम्बन के हो? गर्नुभएको छ कसैलाई?
शरीरको स्पर्श हो, यसले ऊर्जा दिन्छ। मैले चुम्बन गरें कि गरिनँ, त्यो कसैलाई भन्दिनँ।
 
ह्वाट इज सेक्स? 
प्रकृतिको सुन्दर देन हो। सही ठाउँमा उपयोग गर्नुपर्छ, नत्र यसले मृत्युसम्म निम्त्याउँछ।
विवाहपछिको हनिमुन कहाँ मनाउने विचार छ?
पोखरामा, त्यो पनि डुंगामा बसेर।
विवाह कहिले गर्ने नि?
ज्योतिषले भनेको ७१ सालमा पक्का अरे !
उमेर अधबैंसतर्फ गएजस्तो लाग्दैन?
उमेर जहाँसुकै जाओस्, मन सधैं तरुनो हुनुपर्छ नि।
कि अहिले तरुनी हुँदा भाउ खोज्ने, बूढी भएपछि यता न उता हुने हो कि?
मैले राम्रो प्लान गरेकी छु। यता न उत्ति लाला भित्ती हुन्न पक्का।
 
नेपालको संविधान जस्तो हुने हो कि तपाईंको विवाह?
बरु नेपालको संविधान बन्दैन, तर मेरो विवाहको जग्गे पक्का बन्छ।
टेलिभिजनमा तपाईंको हिरो दीपकजी, तर रियल हिरोचाहिँ को छ? खुसुक्क भन्नुस् त?
भेटेकी भए त विवाह गरेर हनिमुन मनाइसकेकी हुन्थें। के गर्ने? रियल हिरो भेटेकै छैन।

तपाईको प्रतिक्रिया