Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो । विश्व नेपाली साहित्य महासंघको हालै भएको इ-बैठकले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता सन् २०११ को बारेमा समिक्षा गर्‍यो । बैठक्ले विश्वका १९ वटा मुलुक र नेपालका २७ जिल्लाबाट लगभग १८२ कविहरुको सहभागिता रहेको प्रतियोगिता भब्यतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्नुका साथै साहित्य महासंघको साउदी अरेयिबा शाखा, रसिया शाखा, प्रवासी नेपाली साहित्य समाज ब्रुनाई, नबोदित साहित्यिक मोवाइल पुस्तकालय कतार, अनेसास युएइ लगायत ब्यक्तिगतरुपबाट आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रस्ताव पारित गर्‍यो ।

विश्वभरका स्रष्टा र साहित्यिक संघसंस्थाहरु माझ आफ्नो उपस्थिति जनाउन महासंघले पहिलो चरणको कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । अब दोस्रो चरणमा महासंघले साहित्यिक मुखपत्र प्रकाशनको शुरुवात गर्ने, विश्वभर फैलिदै गएको साहित्य महासंघको शाखाहरुलाई ब्यवस्थित गर्ने र निकट भविष्यमा विश्व साहित्य सम्मेलन गर्ने निर्णय गरेको छ।

साहित्य महासंघले प्रत्येक महिनाको २८ तारिख साहित्यिक कार्यक्रमसहित इ-बैठक गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया