Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

उनले सोच्दै गर्दाको एनआरएन र

उनले श्रृजना गरेको एनआरएन एउटै हुनसक्छ ।

अस्तिवाट फेरिएको रुपको एनआरएन र

हिजोवाट वदलिएको एनआरएन पनि एउटै हुनसक्छ ।

तर दुःखको कुरा, श्रृजना गर्दाको एनआरएन र

अस्ति हिजोको एनआरएनमा भिन्नाता छ ।

एउटा मार्ग चित्र कोरेर जन्माइएको एनआरएन

आज अर्कै मार्गरेखा कोर्न खोजेको देखिन्छ ।

 

तर खुशीको कुरा….

जन्मदाको एनआरएनको उद्देश्य र

तिमीले भनिरहेको भोलिको एनआरएनमा एकरुपता छ ।

त्येसैले मलाइ विश्वास छ …..

जन्मदाको उनको विचारको एनआरएनले

भोलि तिमीले दिने नेत्रित्व पाउने छ ।

अनि, जुन उद्देश्यले जन्मिएको हो यो एनआरएन

त्यहि स्वर्णिम गन्तब्य प्राप्त गर्नेछ ।

 

अं साच्चि

म कसरी विश्वास गरुं तिमीलाइ पनि ?

आज सोचेको/बोलेको भोलि गर्छौ भनेर ।

सुरुमा कोरिएको मार्ग चित्रमा हिंड्छौ भनेर

हिजो/अस्ति कोरिएको गलत मार्गरेखा मेट्छौ भनेर

सांच्चै सबै अट्ने एनआरएन वनाउंछौ भनेर

के थाहा तिमी पनि पर्सिबाट वदलिने पो हौ कि ?

कसै-कसैले जस्तै घिनौटो खेल तिम्ले पनि खेल्ने पो हौ कि ?

उसले जस्तै तिमीले पनि काचुंली फेरिदिने पो हौ कि ?

आज तिमीले उसलाई औंलाइरहेका छौ ।

भोलि मैले तिमीलाइ औंलाउनुपर्ने पो हो कि ?

तिमी आज उसलाई सरापिरहेका छौ

भोलि हामीले तिमिलाई धारेहात लाउनुपर्ने पो हो कि ।

जे भए पनि एक पल्टलाई

म तिमिलाई अवसर दिन्छु

तिमीले यसलाइ अवसर मात्र नवुझ्दिनु

यो तिम्रो अग्निपरीक्षा हो

तिमी यदि असफल भयौ भने

मेरो मन भांचिन अनि मर्न पनि सक्नेछ

त्यतिवेला म आफुलाई माफ गर्न सक्नेछैन

त्यसको पूर्ण जिम्मेवारी तिमीले लिनुपर्ने छ

म कामना गर्छु……………..

त्यो दिन देख़्न नपरोस्, तिमी असफल हुन नपरोस्

जुन विचारले जन्मिएको हो एनआरएन

त्यो भन्दा फरक मार्ग हिड्दै नहिडोस

सर्वसाधारणको आस्थाको केन्द्र वनोस

जालीफटाहरुको झुण्ड नवनोस

गुन्डागर्दिको राज होइन

विचार र योजनाको स्रोत वनोस

हामी सवैको साझा संस्था वनोस ।

उसको, तिम्रो, मेरो र १८२ दिन काटेका सवै

हामी परदेशीको आस्थाको केन्द्र वनोस

शान्ति, सविंधान र समृद्द देशको लागि

गुरु योजना लग्न सक्ने संस्था बनोस ,

सांच्चैको स्थापना कालको एनआरएन वनोस

तिमीलाई फेरि पनि मेरो शुभकामना !

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया