
टोकियो – वैदेशिक रोजगारीका दृष्टिकोणले नेपालीका लागि मात्र नभएर अन्य मुलुकका नागरिकहरुका लागि पनि जापान आकर्षक गन्तब्य मानिन्छ । उसो त जापानमा रहेका विदेशीहरु सबै रोजगारमा मात्रै संलग्न छैनन् । कतिपय विदेशीहरु विभिन्न व्यवसायमा पनि संलग्न छन् । आफ्नो व्यवसायलाई निरन्तरता दिदैं अन्य गतिविधिमा क्रियाशील थुप्रै विदेशीहरुमध्य एक हुन् डा. नन्दी खोकन कुमार । उनी बंगलादेशका नागरिक हुन्, करिव २८ वर्ष अघि जापान आएका डा. कुमार नेपाली समुदायको बाहुल्य रहेको शिन–ओकुबोस्थित शिवमन्दिरका संस्थापक हुन् । त्यसकारण पनि उनी नेपाली समुदायमा चिरपरिचित छन् । जापानमा रहेका सनातन हिन्दुधर्मावलम्बीहरुका लागि आस्थाको केन्द्रकारुपमा विकास गर्दै जाने उद्देश्यले शिवमन्दिरको स्थापना गरिएको बताउने उनै कुमारसंग शिवमन्दिर सञ्चालनका सम्बन्धमा वर्तमान अवस्था, भावी योजना र जापानमा भक्तजनहरुबाट हालसम्म प्राप्त प्रतिक्रिया लगायतका विषयमा केन्द्रीत रहेर समुन्द्रपारिका लागि तिलक मल्लले गरेको कुराकानीको सम्पादित अंशः
यदि तपाईले आफ्नो परिचय आफै दिनुपरेमा, आफूलाई कसरी चिनाउनुहुन्छ ?
मेरो नाम डा. नन्दी खोकन कुमार हो । म धेरै वर्षदेखि जापानमा बसोबास गर्दै आएको छु । म एक समाजसेवी, उद्यमी तथा शिवशक्ति मन्दिरको संस्थापक हुँ । मेरो सपना भनेको मानिसहरूलाई एकताबद्ध गर्दै धार्मिक सद्भाव कायम गर्नु र आस्था तथा सामुदायिक सेवामार्फत समाजको सेवा गर्नु हो ।
तपाई जापान कहिले आउनुभयो ?
म सन् १९९८ मा जापान आएको हुँ ।
जापान आउनुको उद्देश्य के थियो ?
म अध्ययन, रोजगारी तथा आफ्नो करिअर निर्माण गर्ने उद्देश्यले जापान आएको थिएँ । त्यसपछि विदेशमा बसोबास गर्ने नेपाली तथा अन्य समुदायको सेवा गर्ने निर्णय पनि गरें ।
हाल तपाईको पेशा वा व्यवसाय के हो ?
म एक रणनीतिक व्यवसायिक परामर्शदाता (Strategic Business Consultant) हुँ । म अन्तर्राष्ट्रिय व्यापार तथा सामुदायिक सेवाको क्षेत्रमा कार्यरत छु । साथै सामाजिक तथा धार्मिक गतिविधिहरूमा पनि सक्रिय रूपमा संलग्न छु ।

जापानमा शिवमन्दिर स्थापना गर्ने सोच कसरी आयो र यो अभियान कहिलेदेखि सुरु गर्नुभयो ?
सरLS����








