Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार जापानी येनको भाउमा उल्लेख्य सुधार देखिएको छ । पछिल्लो केही समयदेखि ओरालो लागेको येनको मूल्य आज केही पैसाले वृद्धि भई प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा तोकिएको छ । येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउले पनि आज उचाइ कायम गरेका छन् । अमेरिकी डलरको बिक्री दर आज प्रतिडलर १५४ रुपैयाँ ६२ पैसा पुगेको छ । आज डलरको खरिद दर १५४ रुपैयाँ ०२ पैसा रहेको छ ।

यसैगरी, नेपाली बजारमा उपलब्ध मुद्राहरूमध्ये सबैभन्दा महँगो मानिने कुवेती दिनारले पनि ५०० को विन्दु पार गरेको छ । आज कुवेती दिनारको बिक्री दर ५०२ रुपैयाँ ६७ पैसा कायम भएको छ। युरोपियन युरोको बिक्री दर १७६ रुपैयाँ ७२ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०८ रुपैयाँ १३ पैसा पुगेको छ ।

खाडी र मलेसियाको मुद्रा दर :- 

  • कतारी रियाल: ४२ रुपैयाँ ४२ पैसा
  • युएई दिराम: ४२ रुपैयाँ १० पैसा
  • साउदी रियाल: ४१ रुपैयाँ १७ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ ७८ पैसा
  • बहराइन दिनार: ४०९ रुपैयाँ ९७ पैसा
  • ओमानी रियाल: ४०१ रुपैयाँ ५९ पैसा

यसैगरी क्यानेडियन डलरको बिक्री दर ११० रुपैयाँ २० पैसा, अस्ट्रेलियन डलर १०८ रुपैयाँ २० पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ४३ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया