टोकियो – नेपाली जनवादी तथा मौलिक संगीतका शिखर व्यक्तित्व, वरिष्ठ गायक जीवन शर्माले टोकियोमा आफ्नो सुमधुर आवाजमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्ने भएका छन् । ‘न्यु भिजन’को आयोजनामा हुन लागेको ‘एकल साँझ – लाइभ इन टोकियो-२०२६’ मार्फत शर्माले प्रवासमा रहेका नेपालीहरूलाई सांगीतिक सौगात पस्कन लागेका हुन् ।
यही जुलाई २८ तारिख मंगलबारका दिन टोकियोको प्रतिष्ठित मेगुरो कुमिन सेन्टरमा यो सांगीतिक उत्सव आयोजना हुनेछ । सामाजिक चेतना, देशप्रेम र सर्वसाधारणका सुख-दुःखलाई गीतका माध्यमबाट बुलन्द पार्दै आएका शर्माले एकल साँझमा आफ्ना डेढ दर्जनभन्दा बढी कालजयी सिर्जनाहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन् ।
आयोजक संस्था ‘न्यु भिजन’का अनुसार कार्यक्रम केवल सांगीतिक प्रस्तुति मात्र नभई प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो माटो र मौलिकतासँग जोड्ने एउटा पुल पनि हो । एकल साँझलाई भव्य र सभ्य बनाउन स्थानीय कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ । साँझ ५ बजेदेखि हलको ढोका खुल्ने यो कार्यक्रममा सहभागी हुन चाहने संगीतप्रेमीहरूले थप जानकारी वा टिकटका लागि आयोजक समितिका बसन्त थापालाई ०८०-४४७३-६१८३ मा सम्पर्क गर्न सक्नेछन् ।








