Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाएको छ। आइतबार जारी विज्ञप्तिमा विभागले शाहीले फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक र रास्वपाका समर्थकलाई लक्षित गरी अपमानजनक तथा असंयमित टिप्पणी गरेको आरोप लगाएको छ।

विभागका अनुसार जनप्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार र सार्वजनिक पदको मर्यादाविपरीत छ। त्यसैले सांसद शाहीले आफ्नो भनाइबारे आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने माग गरिएको छ। विज्ञप्तिमा उचित सम्बोधन र क्षमायाचना नभए संवैधानिक, कानुनी तथा लोकतान्त्रिक प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिइएको छ।

साथै, विभागले आफ्ना समर्थक र शुभेच्छुकलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन तथा कुनै पनि उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया