Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – एमनेस्टी इन्टरनेसनल नेपालले जेनजी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीप्रति चिन्ता व्यक्त गर्दै उनको तत्काल र बिनासर्त रिहाइको माग गरेको छ। संस्थाले पक्राउलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारमाथिको उल्लंघन भएको बताएको छ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारसँग ऐक्यबद्धता जनाउन पुगेका अन्सारी, सरिष्मा थापा र नेल्सन घतानीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो। सरिष्मा र नेल्सन रिहा भए पनि अन्सारी अझै हिरासतमै छन्। एमनेस्टीले सार्वजनिक भिडियोमा अन्सारीमाथि कुटपिट र दुर्व्यवहार भएको दाबी गरेको छ।

संस्थाले सरकारलाई अन्सारीको सुरक्षा, उपचार र कानुनी अधिकार सुनिश्चित गर्न तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। साथै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरको असुरक्षित अवस्थाले विस्थापित परिवारको मानवअधिकारबारे पनि गम्भीर प्रश्न उठाएको जनाएको छ।

तपाईको प्रतिक्रिया