समाचार सुन्नुहोस :
काठमाडौँ – फिफा विश्वकप २०२६ को नकआउट चरणअन्तर्गत अन्तिम ३२ का खेल सकिएसँगै प्रि–क्वार्टरफाइनल (अन्तिम १६) पुग्ने सबै टोलीको टुंगो लागेको छ।
अन्तिम ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दा ब्राजिलले जापानलाई हराएको थियो। यस्तै, जर्मनीले पाराग्वेमाथि, मोरक्कोले नेदरल्यान्ड्समाथि, फ्रान्सले स्विडेनमाथि र नर्वेले आइभरी कोस्टमाथि जित हात पारे। अन्य खेलमा मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो, बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अस्ट्रिया, पोर्चुगलले क्रोएसिया, स्विट्जरल्यान्डले अल्जेरिया, इजिप्टले अस्ट्रेलिया, अर्जेन्टिनाले केप भर्डे तथा कोलम्बियाले घानालाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।
यस चरणसँगै चार पटकको विश्वविजेता जर्मनी, गत संस्करणको तेस्रो स्थानको टोली क्रोएसिया, नेदरल्यान्ड्स, जापान र सेनेगलजस्ता चर्चित टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
अन्तिम १६ मा कुन टिमले कोसँग खेल्दैछन् ?
विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ अन्तर्गत पहिलो खेल क्यानडा र मोरक्कोबीच हुँदैछ । यो खेल नेपालको समय अनुसार आज राति पौने ११ बजे सुरु हुनेछ ।
पाराग्वे र फ्रान्स : आइतबार बिहान पौने ३ बजे ।
ब्राजिल र नर्वे : सोमबार बिहान पौने २ बजे ।
मेक्सिको र इंग्ल्यान्ड : सोमबार बिहान पौने ६ बजे ।
पोर्चुगल र स्पेन : मंगलबार बिहान पौने १ बजे ।
अमेरिका र बेल्जियम : मंगलबार बिहान पौने ६ बजे ।
अर्जेन्टिना र इजिप्ट : मंगलबार राति पौने १० बजे ।
स्विट्जरल्यान्ड र कोलम्बिया : बुधबार बिहान पौने २ बजे ।








