समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्।
लुम्बिनी प्रदेशको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गठनका बेला गरेका प्रतिबद्धता पूरा गर्न नसकेको टिप्पणी गरे। उनले सरकार जनताले अपेक्षा गरेअनुसार काम गर्न असफल भएको दाबी गरे।
प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा केवल वाम एकताभन्दा पनि एमाले र कांग्रेससहित सबै प्रमुख राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। बुटवलमा आयोजित उक्त कार्यक्रममा सहसंयोजक माधव नेपाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत शीर्ष नेताहरूको पनि सहभागिता रहेको थियो।








