Deneme Bonusu Veren Siteler
आइतवार, असार २१, २०८३
Sunday, July 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा विदेशी पर्यटकको आगमन निरन्तर बढिरहेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को पहिलो ६ महिनामा ६ लाख २० हजार ४५३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ४२ हजार ७६४ ले बढी हो।

सन् २०२५ को जनवरीदेखि जुनसम्म ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका थिए। यस वर्ष अन्तर्राष्ट्रिय हवाई उडानको विस्तार, पर्यटन प्रवर्द्धनका कार्यक्रम र नेपालप्रतिको बढ्दो आकर्षणका कारण पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ।

बोर्डका तथ्यांकअनुसार जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा १ लाख ५ हजार ४४१, मार्चमा १ लाख २० हजार ५१६, अप्रिलमा १ लाख ७ हजार ९३४, मेमा १ लाख २ हजार ६२६ र जुनमा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन्। मार्च महिनामा सबैभन्दा धेरै पर्यटक भित्रिएका थिए।

तपाईको प्रतिक्रिया