Deneme Bonusu Veren Siteler
आइतवार, असार २१, २०८३
Sunday, July 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विभागले शुक्रबार एक सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको हो।

सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिन बन्द रहनेछ। यस्तै, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने सेवा भने असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुनेछ।

विभागले नयाँ प्रणाली लागू भएपछि राहदानी सेवा थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गर्दै नयाँ व्यवस्था असार २७ गतेदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया