टोकियो – नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार जापानी येनको भाउमा सामान्य संकुचन देखिएको छ । पछिल्लो केही समयदेखि उतारचढावपूर्ण रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ४४ पैसा र बिक्री दर ९ रुपैयाँ ४७ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको मूल्यमा प्रति १० इकाइ २ पैसाको गिरावट आएको हो ।
जापानी येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउमा पनि आज सामान्य गिरावट देखिएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ०४ पैसा र बिक्री दर १५२ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको बिक्री दर १७४ रुपैयाँ ६५ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्कको बिक्री दर १९० रुपैयाँ ०५ पैसा पुगेको छ ।
खाडी र मलेसियाको मुद्रा दर :-
- कुवेती दिनार: ४९५ रुपैयाँ ७५ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
- कतारी रियाल: ४१ रुपैयाँ ८८ पैसा
- युएई दिराम: ४१ रुपैयाँ ५६ पैसा
- साउदी रियाल: ४० रुपैयाँ ६५ पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ ४९ पैसा
- बहराइन दिनार: ४०४ रुपैयाँ ८९ पैसा
- ओमानी रियाल: ३९६ रुपैयाँ ४७ पैसा
यसैगरी क्यानेडियन डलरको बिक्री दर १०७ रुपैयाँ ६१ पैसा, अस्ट्रेलियन डलर १०५ रुपैयाँ ९२ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








