समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन )ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो।
प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल गर्नु रहेको उनले जानकारी दिए।








