Deneme Bonusu Veren Siteler
शनिबार, असार २०, २०८३
Saturday, July 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाएको छ। नयाँ भाडादर बिहीबारदेखि लागू भएको विभागले जनाएको छ। यसअनुसार यात्रुवाहक तथा पहाड र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडा समायोजन गरिएको हो।

विभागका अनुसार डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँबाट घटेर १९२.८३ रुपैयाँमा पुगेको छ, जुन करिब १८.२३ प्रतिशतको कमी हो। यद्यपि वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार यसपटक भाडा दुई प्रतिशत मात्र घटाइएको छ। विभागले यसअघि वैशाखमा इन्धन मूल्यअनुसार बढ्नुपर्नेभन्दा कम, पाँच प्रतिशत मात्रै भाडा वृद्धि गरेको भन्दै अहिले पनि सीमित समायोजन गरिएको स्पष्ट पारेको छ।

यातायात व्यवसायीहरूले भने यो निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूको दाबी अनुसार वैज्ञानिक प्रणालीअनुसार अहिले करिब एक प्रतिशत मात्र भाडा घट्नुपर्ने थियो। विभागले भने इन्धनबाहेक सवारीका पार्टपुर्जा, श्रम लागत, बजार मूल्यलगायत १३ सूचकका आधारमा भाडा निर्धारण हुने जनाएको छ।

तपाईको प्रतिक्रिया