Deneme Bonusu Veren Siteler
शनिबार, असार २०, २०८३
Saturday, July 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीका कारण पानी अत्यधिक धमिलो भएपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा रोकिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार धमिलो पानीका कारण प्रशोधन प्रक्रिया प्रभावित भएकाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउने काम रोकिएको हो।

उनले मुहानको पानीको गुणस्तर सामान्य भएपछि प्रशोधन प्रक्रिया पुनः सुरु गरिने र त्यसपछि पूर्वनिर्धारित तालिकाअनुसार उपत्यकामा पानी वितरण गरिने जानकारी दिए। निरन्तर वर्षा भइरहेमा खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने केयुकेएलले जनाएको छ।

तपाईको प्रतिक्रिया