समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा शुक्रबार पनि सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला सात हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १६५ रुपैयाँले महँगिएको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ६१५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार १७९ अमेरिकी डलर र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








