टोकियो – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि सार्वजनिक गरेको वैदेशिक मुद्राको विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’ को भाउमा सामान्य सुधार देखिएको छ । पछिल्लो केही दिनयता ओरालो लागेको येनको मूल्य आज केही पैसाले वृद्धि भई प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा येनको मूल्यमा प्रति १० इकाइ ३ पैसाको सुधार आएको हो ।
जापानी येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउ पनि आज पुनः उकालो लागेको छ । १ अमेरिकी डलरको खरिद दर १५२.१० रुपैयाँ र बिक्री दर १५२ रुपैयाँ ७० पैसा पुगेको छ । अघिल्लो दिनको तुलनामा डलरको मूल्यमा झन्डै १ रुपैयाँको वृद्धि भएको हो । आज युरोको बिक्री दर १७३ रुपैयाँ ८९ पैसा र खरिद दर १७३.२१ रुपैयाँ कायम भएको छ । पाउन्डको बिक्री दर आज २०२ रुपैयाँ २७ पैसा पुगेको छ ।
खाडी र मलेसियाको मुद्रा दर :-
- कुवेती दिनार: ४९५ रुपैयाँ ९४ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
- कतारी रियाल: ४१ रुपैयाँ ८९ पैसा
- युएई दिराम: ४१ रुपैयाँ ५८ पैसा
- साउदी रियाल: ४० रुपैयाँ ६५ पैसा
- मलेसियन रिंगिट: ३७ रुपैयाँ ३० पैसा
- बहराइन दिनार: ४०५ रुपैयाँ ०५ पैसा
- ओमानी रियाल: ३९६ रुपैयाँ ६३ पैसा
यसैगरी क्यानेडियन डलरको बिक्री दर १०७ रुपैयाँ ३५ पैसा, अस्ट्रेलियन डलर १०५ रुपैयाँ २० पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर ९ रुपैयाँ ८० पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








