टोकियो – जापानमा नेपाली समुदायको बढ्दो उपस्थिति र सांस्कृतिक आवश्यकतालाई मध्यनजर गर्दै टोकियोको व्यस्त व्यापारिक केन्द्र शिन-ओकुबोमा ‘हाना बुटिक’ सञ्चालनमा आएको छ । नेपालीहरूको बाक्लो जमघट हुने यस क्षेत्रमा नेपाली मौलिक पहिचान, परम्परागत कला र आधुनिक फेसनलाई एकै ठाउँमा समेट्ने उद्देश्यले यो बुटिक सुरु गरिएको हो ।
विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र मौलिक पहिरनप्रति नेपालीहरूको लगाव बढ्दै गएको सन्दर्भमा हाना बुटिकले गुणस्तरीय र वैविध्यपूर्ण विकल्पहरू उपलब्ध गराएको छ । विशेषगरी महिला, पुरुष र बालबालिकाहरूका लागि आवश्यक सांस्कृतिक तथा फेसनजन्य सामग्रीहरू यहाँ उपलब्ध छन् ।
हाना बुटिकले अन्तर्राष्ट्रिय बजारका गुणस्तरीय सामग्रीहरूलाई प्राथमिकता दिएको छ । बुटिककी सञ्चालिका मेनुका गुरुङका अनुसार विशेषगरी महिलाहरूका लागि प्रिमियम सिंगापुरे शिफन सारी, ड्रेसहरू, बेलायतबाट आयातित आकर्षक स्वेटरहरू र हल्यान्डका लुँगीहरू उपलब्ध छन् । यसका साथै कुर्ता-सलवार, लेहेंगा र आधुनिक डिजाइनका विभिन्न पहिरनहरूले नेपाली महिलाहरूको रुचि र आवश्यकतालाई सम्बोधन गर्ने विश्वास गरिएको छ ।
पुरुषहरूका लागि पनि बुटिकमा विशेष कलेक्सन रहेको छ । अन्तर्राष्ट्रिय ब्रान्डका टी-शर्ट तथा विभिन्न फेसन एक्सेसरिजहरू उपलब्ध गराइएको छ, जसले गर्दा सम्पूर्ण परिवारका लागि यो एक उत्कृष्ट ‘सपिङ हब’ बन्ने देखिएको छ ।
हाना बुटिकको मुख्य आकर्षण भनेको नेपालका विभिन्न जातीय समुदायको पहिचान झल्काउने सांस्कृतिक पोशाकहरू हुन् । बुटिकमा गुरुङ, मगर, राई, लिम्बू लगायतका जातजातिका परम्परागत पहिरनका साथै प्रख्यात तेह्रथुमे ढाकाका सामग्रीहरू समेत उपलब्ध छन् । यसले जापानमा रहेका नेपालीहरूलाई चाडबाड, पूजाआजा र सांस्कृतिक समारोहहरूमा आफ्नो मौलिकता प्रदर्शन गर्न सहज हुनेछ।
बुटिकले तयारी पोशाक बिक्री मात्र नगरी ग्राहकको चाहना र आवश्यकता अनुसारको डिजाइनमा सिलाइ सेवा पनि उपलब्ध गराएको छ । कुर्ता, लेहेंगा, ब्लाउज लगायतका पहिरनहरूको फिटिङ मिलाउने र नयाँ डिजाइन तयार गर्ने कार्यमा बुटिकले विशेष ध्यान दिएको छ ।
शिन-ओकुबो क्षेत्रमा रहेको ओकुबो स्टेशनबाट करिब २ मिनेटको पैदल दूरीमै यो बुटिक अवस्थित छ । एनआरएनए जापानको कार्यालय रहेको भवनको चौथो तलामा सञ्चालित यस बुटिकले नेपाली समुदायका लागि सहज पहुँचको वातावरण मिलाएको छ ।
तीज, दशैं, तिहार जस्ता प्रमुख चाडपर्वहरू र विवाह तथा व्रतबन्ध जस्ता समारोहका लागि एकै छानामुनि सबै प्रकारका पहिरन उपलब्ध हुनुले जापानी नेपाली समुदायमा यसको आकर्षण थप बढ्ने विश्वास गरिएको छ । गुणस्तरीय सेवा र आत्मीय व्यवहारमार्फत जापानी नेपाली बजारमा आफ्नो दरिलो उपस्थिति जनाउने लक्ष्य हाना बुटिकले राखेको छ ।








