Deneme Bonusu Veren Siteler
शुक्रबार, असार १२, २०८३
Friday, June 26, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नेपाली फुटबल इतिहासमा फिफाले प्रतिबन्ध लगाएको यो पहिलो पटक हो।

फिफाको वेबसाइटमा उल्लेख भएअनुसार, ब्युरो अफ द काउन्सिलको निर्णयबाट नेपाललाई निलम्बन गरिएको हो। फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै यस्तो निर्णय गरेको जनाएको छ। प्रतिबन्धसँगै नेपाली फुटबल गतिविधि प्रभावित हुने र अन्योल बढ्ने देखिएको छ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। परिषद्ले एन्फाको प्रस्तावित निर्वाचनलाई मान्यता नदिएपछि चुनाव प्रक्रिया रोकिएको थियो। पछि उक्त निलम्बन फुकुवा भएको थियो। हाल पंकज नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिको कार्यकालसमेत समाप्त भइसकेको छ। नयाँ नेतृत्व चयन प्रक्रिया र फिफाको निर्णयले नेपाली फुटबल थप अनिश्चित बनेको छ।

तपाईको प्रतिक्रिया