Deneme Bonusu Veren Siteler
शुक्रबार, असार १२, २०८३
Friday, June 26, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण अफ्रिकाले फिफा विश्वकपमा ऐतिहासिक सफलता हात पारेको छ। दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक प्रतियोगिताको नकआउट चरण अर्थात् अन्तिम १६ मा पुगेको हो। मोन्टेरेमा भएको समूह चरणको खेलमा थापेलो मासेकोले दोस्रो हाफमा गरेको एक मात्र गोल दक्षिण अफ्रिकाको जितका लागि निर्णायक बन्यो।

यो जितसँगै दक्षिण अफ्रिका समूहमा दोस्रो स्थानमा रहँदै अघि बढेको छ भने मेक्सिको शीर्ष स्थानमा छ। खेलमा दक्षिण कोरियाले बल नियन्त्रणमा बढी समय बिताए पनि प्रभावकारी आक्रमण गर्न सकेन। केही अवसर पाए पनि उसले गोलमा परिणत गर्न सकेन। यता दक्षिण अफ्रिका भने रक्षात्मक रणनीतिसँगै प्रतिआक्रमणमा खतरनाक देखिएको थियो। मासेकोले पेनाल्टी क्षेत्रभित्रबाट गरेको सटीक प्रहार गोलमा परिणत भएपछि दक्षिण अफ्रिकाले महत्वपूर्ण अग्रता लिएको थियो, जुन अन्तिमसम्म कायम रह्यो।

यसअघि सन् २०१० मा आफ्नै भूमिमा भएको विश्वकपमा पनि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको थियो। तर यसपटक इतिहास बदल्दै टोली पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ।

तपाईको प्रतिक्रिया