काठमाडौं – ‘सेफ सन्तोष’का रूपमा चर्चित मिथिला थालीका सञ्चालक सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी सम्बन्धी आरोपमा शनिबार पक्राउ परेका साह हाजिरी जमानीमा छुटेका हुन् ।
अनुसन्धानका क्रममा आवश्यक परेमा उपस्थित हुने सर्तमा उनलाई परिवारका सदस्यको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ । सन्तोष साह नेपाली खानालाई विश्वमाझ चिनाउने अग्रणी नेपाली सेफका रूपमा परिचित छन् । उनी सन् २०२१ मा बीबीसी मास्टरसेफमा सहभागी भएका थिए ।








