Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत भएका खेलहरूमा पूर्व विजेता जर्मनी र स्वीडेनले फराकिलो जित दर्ता गरेका छन् भने आइभरीकोस्टले नाटकीय जित निकाल्दै सुखद सुरुवात गरेको छ ।

अमेरिकाको ह्युस्टनमा आइतबार भएको खेलमा चार पटकको विजेता जर्मनीले विश्वकपमा डेब्यु गरिरहेको कुराकाओलाई ७-१ को भारी अन्तरले पराजित गर्‍यो । जर्मनीका लागि काई हाभार्ट्जले दुई गोल गरे भने फेलिक्स एनमेचा, निको स्कोलटरबेक, जमाल मुसियाला, नथानियल ब्राउन र डेनिज उन्डावले एक-एक गोल थपे । कुराकाओका लागि कोमेन्सिआले एक गोल फर्काएका थिए । यो जितसँगै जर्मनी विश्वकप इतिहासमा सर्वाधिक २ सय ३९ गोल गर्ने टोली बनेको छ, उसले ब्राजिलको २ सय ३८ गोलको कीर्तिमानलाई उछिनेको हो ।

त्यस्तै, मेक्सिकोको मोन्टेरे स्टेडियममा सोमबार बिहान भएको समूह ‘एफ’ को खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ को सानदार जित निकाल्यो । स्वीडेनको जितमा यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक-एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले सान्त्वना गोल गरे । सोही समूहको अर्को खेलमा नेदरल्यान्ड्स र जापानले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यता समूह ‘ई’ को अर्को रोमाञ्चक खेलमा आइभरीकोस्टले इक्वेडरलाई १-० ले स्तब्ध पार्यो । खेल बराबरीतर्फ धकेलिइरहेका बेला ९० औं मिनेटमा वैकल्पिक खेलाडी अमाद डियालोले गोल गर्दै आइभरीकोस्टलाई महत्त्वपूर्ण ३ अंक दिलाए । यस समूहमा जर्मनी शीर्ष स्थानमा छ भने आइभरीकोस्ट दोस्रो स्थानमा रहेको छ । शून्य अंकका साथ इक्वेडर र कुराकाओ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

तपाईको प्रतिक्रिया