Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार येनको भाउमा स्थिरता देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा रहेको छ । येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य शक्तिशाली मुद्राहरूको भाउ पनि आज उच्च विन्दुमै अडिएका छन् । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा रहेको छ।  यस्तै, युरोपियन युरोको बिक्री दर १७७ रुपैयाँ ८८ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको विनिमय दर आज यस प्रकार छ:-

  • कतारी रियाल: ४१ रुपैयाँ ९० पैसा
  • युएई दिराम: ४१ रुपैयाँ ५९ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ७० पैसा
  • मलेसियन रिंगिट: ३८ रुपैयाँ ५२ पैसा
  • कुवेती दिनार: ४९७ रुपैयाँ ८२ पैसा
  • बहराइन दिनार: ४०५ रुपैयाँ ११ पैसा

यसैगरी, अस्ट्रेलियन डलरको बिक्री दर १०९ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ २६ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०६ पैसा कायम भएको छ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया