Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत एक नेपाली विद्यार्थी साँझदेखि बेपत्ता भएका छन् । विद्यालयबाट घर फर्कने क्रममा १५ वर्षीय अमन अधिकारी सम्पर्कविहीन भएपछि परिवार र विद्यालय प्रशासन चिन्तित बनेका छन् ।

पारिवारिक र विद्यालय स्रोतका अनुसार अमन शुक्रबार बिहान करिब ८:२० बजे विद्यालय गएका थिए । विद्यालयको पठनपाठन सकेर उनी साँझ करिब ५:१० बजे घरतर्फ प्रस्थान गरेका थिए । तर, विद्यालयबाट निस्किएपछि उनी हालसम्म न घर पुगेका छन्, न त परिवारको सम्पर्कमै आएका छन् ।

अमन बेपत्ता भएलगत्तै उनको खोजीका लागि परिवार, विद्यालय प्रशासन र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले सक्रियता देखाएका छन् । एनआरएनए जापान र एभरेष्ट इन्टरनेशनल स्कुलले सामाजिक सञ्जालमार्फत विशेष सूचना जारी गर्दै जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई खोजी कार्यमा सहयोग गरिदिन विनम्र अनुरोध गरेका छन् ।

यदि कसैले अमन अधिकारीलाई देख्नुभएको छ, उनीबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ वा कतै भेट्नुभएको छ भने तुरुन्तै नजिकको प्रहरी कार्यालय, विद्यालय प्रशासन वा परिवारलाई सम्पर्क गरिदिन आग्रह गरिएको छ । विद्यालय प्रशासनले जानकारीका लागि ०९०-१०८४-७३७९ (090 1084 7379) नम्बरमा सम्पर्क गर्न विशेष अनुरोध गरेको छ ।

अपरिचित ठाउँमा विद्यार्थी हराउनु अत्यन्तै संवेदनशील विषय भएकाले यो समाचार र उनको तस्बिरलाई सक्दो धेरै शेयर गरेर खोजी कार्यमा मद्दत पुर्‍याउन जापानवासी नेपालीहरूमा अपील गरिएको छ ।

तपाईको प्रतिक्रिया