Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व पुगेका छन्। चुनाव समीक्षा र पार्टी गतिविधि सुदृढ गर्ने उद्देश्यले उनी त्यहाँ पुगेका हुन्।

रुकुमकोटमा उनको उपस्थितिमा जिल्लास्तरीय बैठक सुरु भएको छ। बिहान पुगेका प्रचण्डलाई स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका थिए। त्यसपछि जिल्ला पार्टी कार्यालयमा विस्तारित बैठक सञ्चालन भइरहेको छ।

उनको दुई दिने कार्यतालिका निकै व्यस्त छ। आज दिनभर बैठकमा सहभागी हुने र साँझ कर्मचारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। भोलि बिहान पत्रकार सम्मेलन गर्ने, त्यसपछि कार्यकर्ता तथा शुभेच्छुकसँग भेट्ने र सिस्ने गाउँपालिकामा बैठकका बाँकी काम टुंग्याउने योजना रहेको छ।

रुकुम पूर्वको कार्यक्रम सकेपछि प्रचण्ड रोल्पाको थबाङ जानेछन्। त्यहाँ आयोजित ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यो भ्रमणलाई पार्टी सुदृढीकरण र सांस्कृतिक अभियानसँग जोडेर महत्वका साथ हेरिएको छ।

तपाईको प्रतिक्रिया